बुधबार, माघ २८, २०८२
काभ्रे-१ मा स्वतन्त्र उम्मेदवार जीवन लामाको घरदैलो अभियान तीव्र

काभ्रे । जिल्ला क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार जीवन लामाले घरदैलो अभियानलाई तीव्र बनाउँदै सम्पूर्ण १ नम्बर क्षेत्रका मतदाताको घर–घरमा पुगिरहेका छन्। आफ्नो चुनाव चिन्ह ‘क्याप’ मा मतदान गर्न आग्रह गर्दै लामा प्रत्यक्ष रूपमा जनताको ढोका ढकढक्याइरहेका छन्।

घरदैलोका क्रममा उनले जनताको समस्या, गुनासा र अपेक्षालाई नजिकबाट सुन्दै नयाँ सोच, नयाँ एजेन्डा र स्पष्ट दृष्टिकोण प्रस्तुत गरिरहेका छन्। लामाको अभियानमा देखिएको सरलता, इमान्दारिता र स्वतन्त्र पहिचानले मतदातामा नयाँ आशा जगाएको देखिन्छ।

लामो समयदेखि उही अनुहार र उही शैलीको राजनीतिबाट दिक्क भएका काभ्रे–१ का मतदाताले यसपटक नयाँ अनुहार, स्वतन्त्र व्यक्ति र फरक सोच खोजिरहेको बेला जीवन लामाको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

“राजनीति जनताकै सेवाका लागि हुनुपर्छ” भन्ने स्पष्ट सन्देशसहित मैदानमा उत्रिएका लामा घरदैलो अभियानमार्फत मतदातासँग सीधा संवादमा छन्। यसले काभ्रे–१ को चुनावी माहोललाई थप रोचक बनाएको छ।

 

 

सिफारिस

ताजा समाचार

लोकप्रिय