काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका लागि एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन्।
निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुरलगायतका जिल्लाका मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
यसैगरी पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, झापा, मोरङ, उदयपुर, बागलुङ, गुल्मी, गोरखा, म्याग्दी, पर्वत, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), बर्दिया, रुकुम पूर्व, दाङ र बाँके जिल्लाका मतपत्र पनि छापिइसकेका छन्।
निर्वाचन आयोगका अनुसार हाल दैनिक करिब १५ लाख मतपत्र छापिने काम भइरहेको छ।
यसैबीच, समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छापिइसकेको आयोगले जनाएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत थप दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ।























