काठमाडौँ । शेयर बजारमा आज झिनो गिरावट देखिए पनि केही समूहका उपसूचक भने बढेका छन्। बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी र निर्जीवन बिमा समूहमा सामान्य वृद्धि देखिएको छ।
यता वित्त, होटल तथा पर्यटन, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, व्यापार र अन्य समूहका उपसूचक घटेका छन्। आज ११३ कम्पनीको शेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको र १३ कम्पनीको मूल्य स्थिर रहेको छ।























