काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्ने कार्यक्रम रहेको छ।
बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिले पछिल्ला दुई वर्षमा सम्पन्न गरेको कामकारबाहीको समीक्षा गरिनेछ।
त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।























