शुक्रबार, फाल्गुण ०१, २०८२
कार्यसम्पादन मूल्यांकनमा काभ्रेका स्थानीय तहको नतिजा सार्वजनिक : धुलिखेल अग्रस्थानमा, बेथानचोक पुछारमा

काभ्रे । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा काभ्रेका १३ स्थानीय तहमध्ये धुलिखेल नगरपालिका पहिलो स्थानमा परेको छ भने बेथानचोक गाउँपालिका सबैभन्दा कम अंकसहित अन्तिममा रहेको छ।

आयोगले १७ वटा सूचकका आधारमा स्थानीय तहहरूको मूल्यांकन गरेको हो। उक्त मूल्यांकनअनुसार धुलिखेल नगरपालिकाले ७५.९८ अंक प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेको देखिएको छ। पनौती नगरपालिका ७३.९१ अंकसहित दोस्रो र महाभारत गाउँपालिका ७१.२६ अंकसहित तेस्रो स्थानमा रहेका छन्। ७० अंक आसपास रहेका यी स्थानीय तहले प्रशासनिक र वित्तीय व्यवस्थापनमा अपेक्षाकृत राम्रो नतिजा हासिल गरेको प्रतिवेदनमा उल्लेख छ।

बनेपा नगरपालिका ६९.३७ अंकसहित चौथो र मण्डनदेउपुर नगरपालिका ६६.९६ अंकसहित पाँचौं स्थानमा परेका छन्। त्यसैगरी चौरीदेउराली गाउँपालिका ६५.४८ अंकसहित छैटौं, भुम्लु गाउँपालिका ६५.०० अंकसहित सातौं र पाँचखाल नगरपालिका ६४.६५ अंकसहित आठौं स्थानमा रहेका छन्।

नमोबुद्ध नगरपालिका ६०.०३ अंकसहित नवौं, रोशी गाउँपालिका ५७.१६ अंकसहित दशौं, तेमाल गाउँपालिका ५४.२६ अंकसहित एघारौं, खानीखोला गाउँपालिका ४५.९० अंकसहित बाह्रौं र बेथानचोक गाउँपालिका ४४.९२ अंकसहित पुछारमा रहेका छन्।

प्रतिवेदनअनुसार अधिकांश स्थानीय तह ६० अंकभन्दा माथि रहे पनि केही तहको अंक अपेक्षाकृत न्यून देखिएको छ। विशेषगरी ५० अंकभन्दा तल रहेका स्थानीय तहमा वित्तीय अनुशासन, राजस्व संकलन, योजना कार्यान्वयन तथा प्रशासनिक व्यवस्थापनमा थप सुधार आवश्यक रहेको संकेत गरिएको छ।

यी सुचकको आधारमा हुन्छ मुल्यांकन :

सुचक १: गाउँ कार्यपालिका / नगर कार्यपालिकाले २०८२ असार १० गतेभित्र आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा/नगरसभामा पेश गरे/नगरेको ।

सुचक २ : गाउँ कार्यपालिका/नगर कार्यपालिकाले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभाबाट २०८२ असार मसान्तभित्र पारित गरे/नगरेको ।

सुचक ३ : स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ मा घर जग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको।

सुचक ४ : स्थानीय तहले आ.व.२०८३/८४ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण २०८२ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको ।

सुचक ५ : स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी तत्सम्बन्धी विवरण २०८२ कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको ।

सुचक ६ : स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्रको राजस्व परिचालन गरेको अवस्था।

सुचक ७ : स्थानीय तहको गत आर्थिक वर्षको विनियोजित रकम अनुसार खर्चको अवस्था

सुचक ८ : आर्थिक वर्ष २०८०/८१ को कुल लेखापरीक्षणबाट जौलाएको बेरुजुको अबस्था।

सुचक ९ : स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ( SUTRA) को प्रयोग गरे/नगरेको।

सुचक १० : स्थानीय तहले जावधिक योजना तर्जुमा गरे/नगरेको।

सुचक ११ : शैक्षिक शत्र २०८२ मा कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समुहका विद्यार्थी खुद भर्ना दर

सुचक १२ : शैक्षिक शव २०८१ मा कक्षा ८ को तुलनामा कआ ९ मा विद्यार्थी टिकाउ दर।

सुचक १३ : शैक्षिक शत्र २०८१ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परिक्षमा सहभागि कुल विद्यार्थी संख्याको तुलनामा कम्तिमा स्तरीकृत अंक (GPA १.६) वा सो भन्दा उच्च GPA प्राप्त गरेका विद्यार्थीको प्रतिशत।

सुचक १४ : आर्थिक वर्ष २०८१/८२ मा चार पटक गर्भ जाँच गर्ने महिलाको अनुपात।

सुचक १५ : आर्थिक वर्ष २०८१/८२ संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात

सुचक १६ : आर्थिक बर्ष २०८१/८२ मा पुर्ण खोप पाएका बालबालिकाको अनुपात

सुचक १७ : आयोगले तयार गरेको बिद्युतीय अनलाइन पोर्टल मा कार्य सम्पादन सूचक सम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्टि गरे/नगरेको ।स्थानीय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएका सुचक तथा प्राप्त विवरण

सिफारिस

ताजा समाचार

लोकप्रिय