शनिबार, फाल्गुण ०२, २०८२
सुनसरी ४ मा ३३ उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि Sunsari District क्षेत्र नं ४ मा ३३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।

सुरुमा ३४ जनाले उम्मेदवारी दर्ता गराए पनि एक जनाले फिर्ता लिएपछि हाल ३३ जना मैदानमा छन्।

यस क्षेत्रमा Nepali Congress, Communist Party of Nepal (Unified Marxist-Leninist), Rastriya Swatantra Party, Janata Samajbadi Party Nepal लगायत विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा छ।

कांग्रेसबाट पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार छन्। उनी यस क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका छन् र विकास, स्थिरता तथा आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाएर प्रचारमा सक्रिय छन्। एमालेबाट जगदीशप्रसाद कुसियैत उम्मेदवार छन्। विद्यार्थी राजनीतिबाट उदाएका कुसियैत आठौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

त्यसैगरी नेकपाबाट महमद महफुज अन्सारी, रास्वपाबाट दीपककुमार साह, जसपाबाट सविता यादव र श्रम संस्कृति पार्टीबाट विष्णु राणा उम्मेदवार छन्। उम्मेदवारहरूले भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा–स्वास्थ्य सुधारलगायत मुद्दालाई प्राथमिकता दिएका छन्।

प्रमुख निर्वाचन अधिकृतका अनुसार कायम उम्मेदवारमध्ये १७ जना राजनीतिक दलका र १६ जना स्वतन्त्र छन्। तीमध्ये २९ पुरुष र पाँच महिला उम्मेदवार रहेका छन्। उम्मेदवारको उमेर २६ वर्षदेखि ७२ वर्षसम्म रहेको छ। स्वतन्त्र उम्मेदवार मो गुलाब अन्सारी सबैभन्दा कान्छा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमप्रसाद भट्टराई ज्येष्ठ उम्मेदवार हुन्।

यस निर्वाचन क्षेत्रमा कुल एक लाख ३९ हजार ३३० मतदाता रहेका छन्, जसमा ७३ हजार २९ पुरुष र ६६ हजार ३०१ महिला मतदाता छन्। ४२ मतदानस्थल र १५० मतदान केन्द्र तोकिएका छन्। जिल्लाका चार निर्वाचन क्षेत्रमा करिब तीन हजार ७४४ जना कर्मचारी परिचालन गरिने जनाइएको छ।

उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन् भने फागुन ४ गतेदेखि खुला प्रचारप्रसारको समय दिइएको छ। निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग समन्वय तीव्र पारिएको निर्वाचन कार्यालयले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय