काठमाडौँ । राजधानीमा शनिबार सार्वजनिक गरिएको घोषणा पत्रमार्फत राष्ट्रिय प्रजातन्त्र पार्टीले ऊर्जा क्षेत्रको विकासलाई मुख्य एजेण्डा बनाएको छ।
पार्टीले आगामी दशकलाई ऊर्जा उत्पादन दशकका रूपमा घोषणा गर्दै विद्युत उत्पादन र निर्यातमा उल्लेखनीय वृद्धि गर्ने लक्ष्य लिएको छ।
घोषणा पत्रमा विद्युत प्रसारण पूर्वाधार विस्तार, लगानीमैत्री वातावरण निर्माण र दीर्घकालीन नीतिगत स्थिरता सुनिश्चित गर्ने विषय समावेश गरिएको छ।
यी उपाय कार्यान्वयन भएमा नेपाल दक्षिण एसियामा ऊर्जा आपूर्तिको केन्द्र बन्न सक्ने विश्वास पार्टीले व्यक्त गरेको छ।























