सोमबार, फाल्गुण ०४, २०८२
सेना दिवसमा प्रधानसेनापतिको आह्वान: निर्वाचनमा उच्च सतर्कता अपनाऔँ

काठमाडौँ । अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष निर्देशन दिएका छन्। महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा उनले नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन आग्रह गरे।

उनले नेपाली सेनाले निर्वाह गर्दै आएको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्दै लोकतान्त्रिक प्रक्रियाको संरक्षणमा सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गरे। साथै सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन–अध्यापन गराउन पनि निर्देशन दिएका छन्।

सो अवसरमा उनले वीर स्मारकमा श्रद्धासुमन अर्पण गरेका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय