बुधबार, फाल्गुण ०६, २०८२
आजदेखि प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसार सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार सुरु भएको छ।

अब उम्मेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा आयोजना गर्न सक्नेछन् भने सञ्चारमाध्यममार्फत आफ्ना निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पनि पाउनेछन्।

निर्धारित व्यवस्थाअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन्। यस अवधिभित्र उनीहरूले मतदातासमक्ष औपचारिक रूपमा मत माग्न पनि पाउनेछन्।

निर्वाचनको निष्पक्षता र निष्ठालाई उच्च प्राथमिकतामा राख्दै आचारसंहिताको पूर्ण पालना गरी प्रचार–प्रसार गर्न सबै दल, उम्मेदवार र सरोकारवालालाई निर्देशन दिइएको छ। आयोगले आचारसंहिता कार्यान्वयन र अनुगमनका लागि विभिन्न संयन्त्रसमेत परिचालन गरेको जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय