काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भक्तपुरका राजनीतिक दलहरूले घरदैलो अभियान औपचारिक रूपमा सुरु गरेका छन् ।
भक्तपुर क्षेत्र नं. १ र २ मा उम्मेदवारी दिएका नेकपा (एमाले), नेपाली कांग्रेस, नेमकिपा, राप्रपा, र रास्वपालगायत दलका उम्मेदवारहरू आज बिहानैदेखि मतदाताको घर–घरमा पुगेर आफ्नो पक्षमा मत माग्न थालेका हुन् । अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले पनि प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।























