काठमाडौँ । कास्की जिल्लामा आगामी निर्वाचनका लागि तोकिएका १५३ मतदानस्थलमध्ये छुमरुङको एउटा मतदानस्थल अझै सडक पहुँचबाट टाढा रहेको छ।
क्षेत्र नं ३ अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–११ छुमरुङस्थित धौलाश्री मावि मतदानस्थलमा पुग्न मतदाताले लामो दूरी पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।
स्थानीयका अनुसार घुर्जुङबाट साढे दुई घण्टा, किम्रुङ खोलाबाट दुई घण्टा र सिनुवाबाट करिब दुई घण्टा पैदल हिँडेर मतदानस्थल पुग्नुपर्छ।
अशक्त मतदाताले घोडाको प्रयोग गरी मतदानस्थल पुग्ने गरेका छन्।























