काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
महासंघका अनुसार सुन तोलामा ९ सय रुपैयाँले घटेर तीन लाख एक हजार नौ सय रुपैयाँमा झरेको छ।
त्यसैगरी, चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले बढेर चार हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदी तोलामा चार हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको थियो।























