काठमाडौँ । गण्डकी प्रदेशमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्न १४ हजार ३७६ कर्मचारी परिचालन गरिने भएको छ।
प्रदेशका ११ जिल्लामा रहेका एक हजार २९७ मतदानस्थलभित्रका दुई हजार ३९६ मतदान केन्द्रमा कर्मचारी खटाइने छन्।
कर्मचारी व्यवस्थापनको काम जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत भइरहेको छ। छनोट भएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारीलाई आवश्यक तालिम दिएर मतदान केन्द्रमा पठाइने निर्वाचन आयोग अन्तर्गतको प्रदेश कार्यालयले जनाएको छ।























