काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य समयअगावै सम्पन्न गरेको छ।
प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार ४२ दिनको कार्यतालिकामा सुरु गरिएको छपाइ कार्य ४० दिनमै सकिएको हो।
उनका अनुसार प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ सोमबार साँझबाट सम्पन्न भएको छ भने आगामी १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याइनेछ।
केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो।























