बुधबार, फाल्गुण ०६, २०८२
मतदाताले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नेछु: उम्मेदवार हुमागाई

काभ्रे । नेपाली कम्युनिष्ट पार्टी काभ्रेपालञ्चोकको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाईले मतदाताले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका मतदाताहरुसंगको भेटघाट तथा घरदैलो कार्यक्रमको शिलशिलामा आफ्नो धारण राख्दै उनले विगतमा पनि दूई पटक आफुलाई जिम्मेवारी दिएर पठाएको र त्यसलाई पूर्ण रुपमा कर्तब्य निभाई सकेको बताउँदै यस पटक पनि त्यसरी नै जिम्मेवारी दिएर नागरिक र देशको हितको सेवामा समर्पित हुने अवसर प्रदान गर्न आग्रह गरे ।

उनले आफुले प्रतिनिधि सभामा निर्वाचित भएपछि मतदाताले हालेको भोटको अर्थपूर्ण हुने गरी भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरे।

सो क्रममा उनले आफुले कहिल्यै फरक मत नसोचि काम गर्ने व्यक्ति भएको हुनाले यो वा उ पक्ष नभनिकन यसपालिको निर्वाचनमा एक पटक ‘निर्वाचन चिन्ह तारा, हाम्रा उम्मेदवार बसुन्धरा’ भन्दै मत प्रदान गरी आम नागरिकको जिम्मेवारी बहन गर्ने ठाउँमा पु¥याउन मतदातालाई आग्रह गरेका छन् ।

त्यसमा सबैको साथ, सहयोग र समर्थन पाउने उहाँको अपेक्षाका साथ त्यसको लागि मतदाताहरुसंग अनुरोध गरे ।

सिफारिस

ताजा समाचार

लोकप्रिय