सोमबार, चैत्र १६, २०८२
नेप्से परिसूचक ६४ अङ्कले बढ्यो, कारोबार २१ अर्ब माथि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६४ दशमलव ६९ अङ्कले वृद्धि हुँदै दुई हजार ८७७ दशमलव ०३ बिन्दुमा पुगेको छ। यो कुल दुई दशमलव ३० प्रतिशतको वृद्धि हो। बजार खुलेदेखि नै लगातार उकालो लागेको देखिएको छ।

आज २४० कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ भने दुई कम्पनीको मूल्य स्थिर रहेको छ। कुल ३४२ कम्पनीका पाँच करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर एक लाख ९१ हजार २५१ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब २२ करोडभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। मङ्गलबार रु १२ अर्बभन्दा बढीको कारोबार भएकोमा आज त्यो बढेर रु २१ अर्ब नाघेको हो।

आज सबै समूहका सूचक सकारात्मक देखिएका छन्। विकास बैंक समूह सबैभन्दा बढी तीन दशमलव ९५ प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ ३.१६, फाइनान्स १.९४, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर २.३०, लगानी १.७७, जीवन बिमा २.७६, उत्पादन तथा प्रशोधन १.८९, माइक्रोफाइनान्स १.२४, निर्जीवन बिमा १.८०, अन्य १.९७ र व्यापार समूह ०.१४ प्रतिशतले वृद्धि भएका छन्।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंकरिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर मूल्य सबैभन्दा बढी पाँच दशमलव १२ प्रतिशतले घटेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय