काठमाडौँ । नयाँ सरकार गठन भएपछि पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च गिरावट देखिएको छ।
आज नेप्से परिसूचक ७१ दशमलव ०५ अङ्कले घटेर दुई हजार ८७९ दशमलव ११ बिन्दुमा पुगेको छ, जुन २ दशमलव ४० प्रतिशतको गिरावट हो।
आज ३३३ कम्पनीको तीन करोड ५२ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम १५ अर्बभन्दा बढी पुगेको छ।
आजको कारोबारमा सबै समूहका उपसूचक घटेका छन् भने २५५ कम्पनीको शेयर मूल्य घट्दा १० कम्पनीको मात्र बढेको छ।



















