आइतबार, चैत्र २९, २०८२
दुःखमा साथ दिने हात: अनिला कायस्थको प्रेरणादायी सेवा (तस्बिरहरू)

काभ्रे । आफ्नो जिवनको प्रेरणादायी आमा स्वर्गीय चन्द्रदेबी कायस्थको नवौं पुण्य तिथिको अवसर पारेर समाजसेवी अनिला कायस्थले एकपटक फेरि मानवताको अनुपम उदाहरण प्रस्तुत गरेकी छन्। पनौती–५ ढलमलेस्थित मानव कल्याण समाजमा पुगेर उनले त्यहाँ आश्रित बालबालिकासँग माया, साथ र सहानुभूतिको अमूल्य उपहार बाँडेकी हुन् ।

आमाको सम्झना केवल आँसुमा सीमित नराखी, दुःखी र अभावमा रहेका बालबालिकाको अनुहारमा मुस्कान ल्याउने माध्यम बनाउनु – अनिलाको यही सोचले कार्यक्रमलाई अत्यन्त भावुक बनायो । उनले ३९ जना बालबालिकालाई ट्याकसुट वितरण गर्दै मिष्ठान भोजन गराइन्, जसले त्यहाँको वातावरणलाई एकैछिनमा पारिवारिक आत्मीयताले भरिदियो।

“आमा गुमाउनुको पीडा शब्दमा बयान गर्न सकिँदैन, तर उहाँले सिकाउनुभएको माया र सेवा गर्ने भावना कहिल्यै मर्दैन,” भन्दै अनिलाले बालबालिकासँग समय बिताउँदा आफूले आमाकै माया महसुस गरेको बताइन् ।

मानव कल्याण समाजका प्रमुख अभियन्ता रोशन ढकालले यस्तो मानवीय कार्यप्रति कृतज्ञता व्यक्त गर्दै भने, “अनिला दिदीले देखाउनुभएको यो सेवा केवल सहयोग होइन, यो बालबालिकाका लागि आशा र आत्मबल हो।”

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं समाजसेवी सबर कुमार प्रजापति, अनिलाका छोरीहरू अलिशा श्रेष्ठ र अभिलाशा श्रेष्ठ, नातिनीहरू एरिक मोक्तान र एफ्रिन प्रजापति, साथै रुजि कोजु, राजन अधिकारी र रुपेश काफ्ले लगायतको उपस्थिति रहेको थियो । 

तस्बिरहरू:

सिफारिस

ताजा समाचार

लोकप्रिय