काठमाडौँ । आगामी वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भागमा पठाइने क्रम तीव्र पारिएको छ।
केन्द्रले चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण सुरु गरेको र पाँच दिनभित्रै २५ लाख थान पुस्तक बिक्री भएको जनाएको छ।
केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउने लक्ष्यअनुसार छपाइ सकी वितरण सुरु गरिएको जानकारी दिनुभयो।
यसैबीच शिक्षामन्त्री सस्मित पोखरेलले केन्द्रको कार्यालय र प्रेस अवलोकन गर्दै नयाँ शैक्षिकसत्रमा पाठ्यपुस्तक अभाव नहुने बताउनुभएको छ।



















