काठमाडौं । सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो मितिदेखि नयाँ शैक्षिक सत्र लागू गर्ने निर्णय गरेको हो।
शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त निर्णयअनुसार देशभर नयाँ शैक्षिक सत्र सञ्चालनमा आउनेछ।



















