काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसद्मा आफ्नो भूमिका निष्पक्ष रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सभामुखमा निर्वाचित भएपछि आज पहिलो पटक सभा सञ्चालन गर्दै उहाँले कार्यसूची अघि बढाउनु अघि यस्तो धारणा राख्नुभएको हो।
उहाँले सबै पक्षको समन्वयबाट मात्र संसद्को गरिमा अभिवृद्धि हुने उल्लेख गर्दै आफ्नो भूमिका सधैं निष्पक्ष रहने बताउनुभयो।
साथै, पुराना ऐन संशोधन गर्ने र आवश्यक नयाँ कानुन निर्माण गर्ने कार्यमा संसद् सक्रिय हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
सभामुखका रूपमा आफू तटस्थ, निष्पक्ष र समन्वयकारी ढंगले अघि बढ्ने उहाँको भनाइ छ।



















