आइतबार, चैत्र २९, २०८२
गृहमन्त्री सुदन गुरुङ आज बीपी राजमार्ग र रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणमा

काभ्रे । गृहमन्त्री सुदन गुरुङ बीपी राजमार्ग र रोशी खोला क्षेत्रमा हुने वार्षिक बाढीको समस्या अध्ययन गर्न स्थलगत निरीक्षणमा निस्कने भएका छन्।

आज बिहान ९ बजे काठमाडौंबाट काभ्रेतर्फ उनको टोली प्रस्थान गर्नेछ।

निरीक्षणका क्रममा बाढी प्रभावित क्षेत्र, उच्च जोखिमयुक्त बस्ती र पूर्वाधारको अवस्था मूल्यांकन गरिनेछ।

साथै, वर्षायामअघि नै तयारीका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइने जनाइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय