आइतबार, चैत्र २९, २०८२
रोशी खोलाको बाढी जोखिमबारे गृहमन्त्री सुधन गुरुङको स्थलगत निरीक्षण

काभ्रे । गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत पर्ने रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन्। मंगलबार दिउँसो उनी बाढीका कारण स्थानीयले भोग्दै आएका समस्याबारे प्रत्यक्ष अवलोकन गर्न उक्त क्षेत्रमा पुगेका हुन्।

वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण रोशी खोला आसपासका विभिन्न क्षेत्रमा समस्या बढ्दै गएको गुनासो आउने गरेको छ। नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको संगमस्थल चौकीडाँडामा पुगेर गृहमन्त्री गुरुङले निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा उनले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती र पूर्वाधारको वास्तविक स्थिति अध्ययन गरेका थिए।

यस अवसरमा नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइवा लगायतले गृहमन्त्री गुरुङलाई स्वागत गरेका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय