आइतबार, चैत्र २९, २०८२
संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदलको पहिलो बैठक आज

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को पहिलो बैठक आज बस्ने भएको छ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिनेछ।

कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू समावेश छन्। नेपाली काङ्ग्रेसबाट मोहन आचार्य, नेकपा (एमाले) बाट डा. भीष्मनाथ अधिकारी, नेकपाबाट देवप्रसाद गुरुङ, राप्रपाबाट ज्ञानेन्द्र शाही तथा राष्ट्रिय जनमोर्चाबाट मनोज भट्ट सदस्यका रूपमा रहेका छन्।

अन्य दलहरू—नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल—ले भने आफ्नो प्रतिनिधि चयनका लागि आन्तरिक छलफल गरिरहेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय