काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन २ लाख ९९ हजार रुपैयाँ थियो।
यद्यपि, समग्रमा हेर्दा पछिल्लो एक सातामा सुनको भाउ ७ सय रुपैयाँले बढेको छ। गत बिहीबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५० रुपैयाँले घट्दै ४ हजार ८७५ रुपैयाँमा झरेको छ। हिजो चाँदी ५ हजार २५ रुपैयाँमा कारोबार भएको थियो भने गत बिहीबार ४ हजार ७८० रुपैयाँमा किनबेच भएको थियो।



















