आइतबार, चैत्र २९, २०८२
मानव बेचबिखनमा संलग्न चार जना पक्राउ, नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोप

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुर बकैया गाउँपालिका–१२ की ३० वर्षीया वास्ना माया योञ्जन, काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ नैकापका २३ वर्षीय आयुष केसी, दोलखाको भीमेश्वर नगरपालिका–४ की सुष्मा तामाङ र धादिङ थाक्रे गाउँपालिका–७ का ४२ वर्षीय हरिशम्शेर रायमाझीलाई पक्राउ गरिएको हो।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। अनुसन्धानका क्रममा अभियुक्तहरूले प्रलोभनमा पारेर नाबालिगलाई वेश्यावृत्तिमा लगाएको तथा केही व्यक्तिलाई हङकङमा आकर्षक तलबमा बेयराको काम दिलाइदिने बहानामा कम्बोडिया पुर्‍याएको खुलेको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय