आइतबार, चैत्र २९, २०८२
बुल्गेरिया पठाइदिने भन्दै लाखौँ रकम ठग्ने गिरोहका दुई सदस्य समातिए

काठमाडौँ । वैदेशिक रोजगारीको नाममा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभन देखाएर ९१ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुल्गेरिया पठाइदिने भन्दै रकम असुल गरेको अभियोगमा सल्ल्यान शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र वनगाड कुपिन्डे नगरपालिका–८ का २४ वर्षीय घने बुढालाई पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय