काठमाडाैं । चित्रकलालाई केन्द्रमा राखेर एकल चित्रकला प्रदर्शनी गरेका छन् ।
बबरमहलस्थित काठमाडौँ आर्ट ग्यालरीमा उनले ‘सिराहादेखि काठमाडौँ’ शीर्षकमा चित्रकला प्रर्दशनी गरेका हुन् ।
हिमालयन लाइटआर्ट अवार्डको अवार्ड प्राप्त गरेरपछि उनले यसै कार्यक्रमअन्तर्गत बनाएका चित्र प्रदर्शनी गरेको हो । बिहीबार हिमालयनआर्ट अवार्डका निर्देशक जस्टिन झाओ र चित्रकार एससी सुमनले संयुक्त रुपमा उक्त चित्र प्रदर्शनी उद्घाटन गको थियो । कला प्रदर्शनी यही जेठ २६ सम्म चल्नेछ ।
हिमालयन लाइट आर्ट अवार्ड सन्, २०१९ देखि सुरु भएको निर्देशक जस्टिन झाओले जानकारी दिए । उनका अनुसार अहिले सम्म उक्त अवार्ड कार्यक्रमबाट पृथ्वी श्रेष्ठ, मान गुरुङ, लभकान्त चौधरी, जगदिश मोक्तान, प्रियांकासिंह महर्जन, सुवास तामाङ, सुरेश बस्नेत, रिती महर्जनले प्राप्त गरिसकेका छन् ।
चित्रकार यादवले – आफ्ना चित्र कृतिहरूमा छठ पर्व, गोवर्धन पूजा, सामा–चकेवा, झिझिया नृत्य आदि जस्ता लोकदेवता तथा सांस्कृतिक परम्परासँग सम्बन्धित विषयवस्तुलाई चित्रण गरेको बताए ।
मिथिला कलाको इतिहास सन्, १९६० देखि सुरु भएको हो । भित्तेचित्रबाट सुरु भएको मिथिला कला कागज र क्यानभाससम्म विकसित हुँदै आएको छ ।



















