काठमाडाैं । नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि भई ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।



















