काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ।
समितिका सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिअनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा आयोजना गरिनेछ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यलाई अनुरोध गरिएको छ।
बैठकमा पार्टीभित्रको आन्तरिक अनुशासन, विभिन्न तहबाट प्राप्त उजुरी तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
कांग्रेसले संगठनात्मक अनुशासनलाई प्रभावकारी बनाउने तथा प्राप्त गुनासा र उजुरीहरूको समीक्षा गर्ने उद्देश्यसहित बैठक बोलाएको जनाएको छ।



















