बिहिबार, जेठ २१, २०८३
स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन तोलामा २०० रुपैयाँ र चाँदी ८५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार २८५ रुपैयाँ निर्धारण गरिएको छ।

हिजो बुधबार एक तोला सुन ३ लाख ११ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४६१ अमेरिकी डलर र चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय