काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोधमा शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ।
माइतीघरमा आयोजित विरोध सभामा सहभागीहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितअनुकूल नभएको भन्दै त्यसको सच्याउन माग गरेका छन्।
कार्यक्रममा बोल्दै Aaren Rai ले सीमा समस्याबारे प्रधानमन्त्रीले संसदमा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए।
उनले सीमा विवाद र भूमि अतिक्रमणका विषयलाई फरक रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरे।




















