काठमाडौँ । ईश्वरी भुजेल हत्या घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई कानुनी कारबाहीको माग गर्दै पूर्वगृहमन्त्री Sudhan Gurung आज प्रहरी वृत्त बालाजु पुग्नुभएको छ।
उहाँले प्रहरीसँग घटनाको प्रगति विवरण बुझ्दै सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्नुभएको बताइएको छ।
घटनापूर्व उहाँले मृतकका परिवारजनसँग भेट गरी समवेदना व्यक्त गर्नुभएको थियो।
प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–६ लोलाङ पैयुटारका कुमार थापा मगरले आफ्नी श्रीमती ईश्वरी भुजेलको हत्या गरेका हुन्।




















