सोमबार, जेठ २५, २०८३
रास्वपा बागमतीको प्रथम अधिवेशन भोलि हेटौँडामा, तयारी अन्तिम चरणमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। अधिवेशन मंगलबार हेटौँडामा आयोजना हुँदैछ।

भोलि बिहान ९ बजेदेखि सुरु हुने अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले हेटौँडास्थित हिमालय दरबारमा गर्ने कार्यक्रम रहेको छ।

रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युतम लामिछानेका अनुसार उद्घाटन समारोहका लागि मञ्च निर्माण तथा विभिन्न जिल्लाबाट आउने प्रतिनिधिहरूको व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको छ।

उनले बागमती प्रदेशका १३ वटै जिल्लाबाट करिब १,४०० प्रतिनिधि अधिवेशनमा सहभागी हुने जानकारी दिए।

अधिवेशनले प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी संगठनात्मक कार्यदिशाबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय