मंगलबार, जेठ २६, २०८३
‘सरकार पार्टीको होइन, देशको संविधानअनुसार चल्नुपर्छ’ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार कुनै दलको आन्तरिक विधानभन्दा देशको संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने बताएका छन्।

मंगलबार गोरखास्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले पाँच वर्षका लागि जनमत प्राप्त गरेको सरकार संविधानको परिधिभित्र रहेर काम गर्नुपर्ने बताए।

राष्ट्रिय राजनीतिमा कांग्रेस प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै उनले रास्वपाको आन्तरिक गतिविधि आफ्नो पार्टीको सरोकारको विषय नभएको स्पष्ट पारे। “रास्वपाभित्र के हुन्छ, के हुँदैन भन्ने विषय हाम्रो चासोको कुरा होइन। उनीहरूले पाँच वर्ष सरकार चलाउने जिम्मेवारी पाएका छन् र सरकार चलाउँछन्,” उनले भने।

थापाले सरकार संविधान र कानुनअनुसार सञ्चालन भइरहेको छ कि छैन भन्ने निगरानी गर्ने दायित्व प्रतिपक्षको भएको पनि बताए। उनका अनुसार कांग्रेसले सरकारका सकारात्मक काममा सहयोग गर्ने र कमजोरी देखिएमा प्रश्न उठाउने भूमिका निर्वाह गर्नेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय