काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको संसदमा व्यक्त सीमा सम्बन्धी भनाइलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीसँग जवाफ मागेका छन्।
साम्पाङले रास्वपा सभापति रवि लामिछानेलाई खुला पत्र पठाउँदै प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरेका हुन्।
उनले उक्त विषय राष्ट्रिय महत्वको भएकाले स्पष्ट राजनीतिक धारणा आवश्यक रहेको उल्लेख गरेका छन्। साम्पाङले सार्वजनिक गरेको पत्र सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ।
उता, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले संसद बैठक अवरुद्ध गरेका थिए।
























