काठमाडौं । सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बजेट प्रस्तुत गरेका हुन्।
कुल बजेटमध्ये २२ अर्ब ९६ करोड रुपैयाँ चालु खर्चतर्फ र ४३ अर्ब ९७ करोड रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
प्रदेश सरकारले स्थानीय तहहरूका लागि ६ अर्ब ५१ करोड रुपैयाँ बजेट छुट्याएको छ। साथै, अति विपन्न एक हजार परिवारका लागि सुरक्षित आवास निर्माण गर्न २० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री तामाङले जानकारी दिए।























