मंगलबार, आषाढ ०२, २०८३
सेफ सन्तोष साह साधारण तारेखमा रिहा

काठमाडौं । बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका सेफ सन्तोष साह रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई सोमबार साधारण तारेखमा रिहा गरिएको हो।

साहलाई गत शनिबार जनकपुरबाट पक्राउ गरिएको थियो। उनीविरुद्ध सकुन्तला अधिकारी (थापा)ले होटल किन्ने बहानामा रकम नदिएको भन्दै ठगीको उजुरी दिएकी थिइन्।

यसअघि पनि साहमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको थियो। २०८२ जेठ ३० गते अदालतले उनलाई २५ लाख रुपैयाँ बिगो, १ लाख २५ हजार रुपैयाँ जरिवाना र एक महिना कैदको सजाय सुनाएको थियो।

तर उक्त फैसलाविरुद्ध पुनरावेदनको प्रक्रिया बाँकी रहेको कारण उनलाई साधारण तारेखमा छोडिएको प्रहरीको भनाइ छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय