काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८०औँ जन्मोत्सव असार २३ गते निर्मल निवासमा मनाउने भएका छन्।
पूर्वराजाका संवाद सचिव फणिराज पाठकद्वारा जारी विज्ञप्तिअनुसार जन्मोत्सवको अवसरमा निर्मल निवासमा विशेष समारोह आयोजना गरिनेछ, जहाँ पूर्वराजा शाहले शुभेच्छुकहरूबाट शुभकामना तथा अभिवादन ग्रहण गर्ने कार्यक्रम रहेको छ।
विज्ञप्तिमा जनाइएअनुसार सबै शुभेच्छुक, विभिन्न सङ्घसंस्था तथा सर्वसाधारण नागरिकका लागि असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला रहनेछ।
























