बुधबार, आषाढ ०३, २०८३
सहकारी र भूमि व्यवस्थामा सरकारको सक्रियता, लालपुर्जा वितरणको तयारी पूरा

काठमाडौं । सरकारले आगामी असारको तेस्रो साताबाट सुकुम्बासीलाई लालपुर्जा वितरणको काम सुरु गर्ने भएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधिसभामा बोल्दै लालपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन्। उनले लामो समयदेखि थाती रहेको भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताइन्।

रावलका अनुसार तीन दशकको अवधिमा १२ लाख निवेदन परे पनि जम्मा ९ हजार जनाले मात्र लालपुर्जा प्राप्त गरेका छन्। अब भने वितरण प्रक्रियालाई प्रभावकारी रूपमा अगाडि बढाइने उनले स्पष्ट पारिन्।

सहकारी क्षेत्रबारे बोल्दै उनले राज्यकोषमा भार नपर्ने गरी समस्या समाधान भइरहेको बताइन्। पछिल्लो तीन महिनामा १ हजार ४५२ बचतकर्ताले करिब ५९ लाख रुपैयाँ फिर्ता पाएका छन् भने ३.५ करोड रुपैयाँभन्दा बढी ऋण असुली भएको उनले जानकारी दिइन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय