बिहिबार, आषाढ ०४, २०८३
नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गरियोस्

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको चिया उद्योग गम्भीर संकटमा परेको भन्दै यसको समाधानका लागि भारतसँग तत्काल कूटनीतिक वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भारतले अवलम्बन गरेको नीतिका कारण नेपाली चिया उद्योग बन्द हुने अवस्था सिर्जना भएको उल्लेख गरेका छन्।

श्रेष्ठले सरकारलाई भारतीय पक्षसँग तत्काल संवाद गरी सकारात्मक समाधान खोज्न आग्रह गर्दै लेखेका छन्, “भारतले लिएको नीतिका कारण नेपालको चिया उद्योगहरू बन्द हुने गरी देखापरेको वर्तमान संकटको समाधानका लागि तत्काल भारत सरकारसँग वार्ता गरी सकारात्मक निष्कर्ष निकाल्न सरकारसँग जोडदार अनुरोध गर्दछु।”

उनले चिया उद्योगमा देखिएको समस्याले नेपालको अर्थतन्त्र, रोजगारी र निर्यात व्यापारमा ठूलो असर पार्ने चेतावनी दिएका छन्। त्यसैले सरकारले यस विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएर भारतीय पक्षसँग शीघ्र वार्ता गरी संकट समाधान गर्नुपर्ने उनको भनाइ छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय