बिहिबार, आषाढ ०४, २०८३
सहकारी ठगी मुद्दामा रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफूविरुद्ध दायर सहकारी बचत अपचलनसम्बन्धी मुद्दाको नियमित तारिखका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।

रुपन्देही जिल्ला अदालतमा विचाराधीन रहेको उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतमार्फत तारिख बुझ्ने व्यवस्थाअनुसार उनी अदालत पुगेका हुन्।

लामिछानेमाथि सहकारीको बचत रकम अपचलन गरेको आरोपमा मुद्दा चलिरहेको छ। अदालतमा उपस्थित भई उनले नियमित कानुनी प्रक्रिया पूरा गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय