शुक्रबार, आषाढ ०५, २०८३
सरकारका राम्रा काममा समर्थन, नराम्रामा विरोध गर्छौं : ज्ञानबहादुर शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका सकारात्मक काममा समर्थन र गलत काममा विरोध गर्ने पार्टीको नीति रहेको बताएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएको कदमको स्वागत गरे। साथै, करको दर परिवर्तनसम्बन्धी विषयमा छानबिन समिति गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै संसदीय व्यवस्थामा एक जना सांसदको पनि महत्वपूर्ण भूमिका हुने बताए।

सिफारिस

ताजा समाचार

लोकप्रिय