शुक्रबार, आषाढ ०५, २०८३
पाथीभरा केवलकार विवाद समाधान गर्न सात सदस्यीय कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको मुक्कुम्लुङ–पाथीभरामा निर्माणाधीन केवलकार परियोजनासम्बन्धी विवाद समाधानका लागि प्रधानमन्त्री वालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरीय निर्णयअनुसार गठन गरिएको कार्यदललाई केवलकार निर्माणसँग सम्बन्धित विवाद र समस्या पहिचान गरी समाधानका लागि १५ दिनभित्र सुझाव पेश गर्ने जिम्मेवारी दिइएको छ। कार्यदलमा सरकार, स्थानीय सरोकारवाला, विरोध पक्ष, पाथीभरा क्षेत्र विकास समिति तथा निर्माण कम्पनीका प्रतिनिधिहरू समावेश छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय