शुक्रबार, आषाढ ०५, २०८३
सरकारद्वारा विभिन्न मन्त्रिपरिषद् बैठकका १५० निर्णय सार्वजनिक

काठमाडौं । सरकारले विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकबाट गरिएका १५० वटा निर्णय सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत वैशाख र जेठ महिनाका निर्णयहरू सार्वजनिक गरेका हुन्।

मन्त्री पोखरेलका अनुसार जेठ २९ गतेको बैठकले राष्ट्रिय परिचय व्यवस्थापन प्रणाली (एबिआइएस) को लाइसेन्स क्षमता विस्तार गर्न स्वीकृति दिएको छ। साथै मध्य भोटेकोसी जलविद्युत् आयोजनालाई वन क्षेत्रको जग्गा प्रयोगबापत सट्टाभर्ना जग्गा उपलब्ध गराउने अवधि थप गर्न पनि अनुमति प्रदान गरिएको छ।

जेठ २६ गतेको बैठकले १६ वटा निर्णय गरेको थियो। तीमध्ये नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक सिफारिससम्बन्धी मापदण्ड स्वीकृति तथा नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृति समावेश छन्। साथै मानव शरीर जलन नियन्त्रण तथा सजायसम्बन्धी विधेयक तर्जुमा गर्ने सिद्धान्त पनि स्वीकृत गरिएको छ।

त्यसैगरी जेठ १९ गतेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। आवश्यक सेवामा हडताल निषेध गर्ने आदेश जारी गर्ने निर्णय पनि सोही बैठकले गरेको थियो।

यसैगरी जेठ ५ गतेको बैठकले निजामती कर्मचारी कल्याणकारी कोष (पहिलो संशोधन) नियमावली २०८३ स्वीकृत गरेको छ। साथै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत ९७७ पद स्वीकृत गर्ने, भूमि सम्बन्धी नियमावली संशोधन तथा बालबालिका सम्बन्धी नियमावली संशोधन गर्ने निर्णय पनि गरिएको सरकारद्वारा सार्वजनिक गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय