मंगलबार, आषाढ ०९, २०८३
नाम जोडेर मिडिया ट्रायल गरिएको भन्दै जनार्दन शर्माको असन्तुष्टि

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनसँग असम्बन्धित विषयमा आफ्नो नाम जोडेर मिडिया ट्रायल गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल सम्पत्ति छानबिनका क्रममा अनुसन्धानका लागि पक्राउ परेपछि केही अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो नामसमेत जोडिएको भन्दै शर्माले त्यसप्रति आपत्ति जनाएका हुन्।

शर्माले आफू सधैँ सम्पत्ति छानबिनको पक्षमा रहेको र यस विषयलाई संसद् तथा पार्टीभित्र पनि उठाउँदै आएको उल्लेख गरेका छन्। तर, आफूसँग कुनै सम्बन्ध नभएको विषयमा नाम मुछेर भ्रम फैलाउने प्रयास गरिएको उनको भनाइ छ।

“सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ, त्यसमा म अहिले पनि अडिग छु,” शर्माले भनेका छन्, “तर, सरोकार नै नभएको विषयलाई जोडेर भ्रम सिर्जना गर्ने उद्देश्यले गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।”

सिफारिस

ताजा समाचार

लोकप्रिय