मंगलबार, आषाढ ०९, २०८३
महाधिवेशनमा स्वस्थ बहस गर्न रविको आग्रह, ‘मतभेद सडकमा होइन, कोठाभित्र समाधान गरौँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र देखिएका मतभेद, जिज्ञासा र असन्तुष्टिलाई महाधिवेशनभित्रै छलफलमार्फत समाधान गर्न आग्रह गरेका छन्।

चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले राजनीतिक दलभित्र विचार र मतको भिन्नता स्वाभाविक विषय भएको उल्लेख गरे। तर त्यस्ता विषयलाई सडकमा वा सार्वजनिक रूपमा तमासा बनाउनु उचित नहुने उनको भनाइ थियो।

लामिछानेले पार्टीलाई परिपक्व र जिम्मेवार राजनीतिक शक्तिका रूपमा स्थापित गर्न आन्तरिक समस्या तथा मतभेदलाई संवाद र छलफलबाट समाधान गर्नुपर्ने बताए।

‘हामी परिपक्वतातर्फ अघि बढिरहेको राजनीतिक दल हौँ। हामीबीच रहेका मनमुटाव, जिज्ञासा वा प्रश्नहरू कोठाभित्र बसेर छलफल गरी टुङ्ग्याउनुपर्छ, सडकको तमासा बनाउनु हुँदैन,’ उनले भने।

उनले पार्टीभित्रका मतभेद समाधान गर्दै संगठनलाई स्वस्थ, स्वच्छ र बलियो बनाउने दिशामा प्रतिनिधिहरूले भूमिका खेल्नुपर्नेमा जोड दिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय