बुधबार, आषाढ १०, २०८३
खुलातर्फ २१० र प्रदेशतर्फ १७४ उम्मेदवार, रास्वपामा आजै मतदान हुने सम्भावना

काठमाडौं ।  रास्वपा चितवनका नेता नेत्र लामिछानेका अनुसार ६९ केन्द्रीय सदस्य चयनका लागि ३८४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। खुला कोटामा २१० जना र प्रदेश कोटामा १७४ जना प्रतिस्पर्धामा उत्रिएका छन्।

प्रदेशगत निर्वाचनअन्तर्गत सातै प्रदेशबाट पाँच–पाँच जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ। उम्मेदवार संख्या हेर्दा लुम्बिनी र कर्णाली प्रदेशमा सबैभन्दा धेरै ३१–३१ जनाले उम्मेदवारी दिएका छन्।

पार्टीले अहिले प्रारम्भिक नामावली सार्वजनिक गरी दाबी–विरोधका लागि समय दिएको छ। प्रक्रिया पूरा भएपछि अन्तिम सूची प्रकाशन गरिनेछ। अन्तिम सूची विद्युतीय मतदान प्रणालीमा समावेश गरेलगत्तै आज राति निर्वाचन गराउने तयारी रहेको जनाइएको छ। सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय