शनिबार, आषाढ २०, २०८३
नेपाल प्रहरीका दुई डीआईजीको सरुवा : अरुण पौडेल अख्तियारमा, शेखर खनाल प्रहरी प्रधान कार्यालयमा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको निर्णयअनुसार नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)को परस्पर सरुवा गरिएको छ।

सरुवा सूचीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा प्रमुखका रूपमा कार्यरत डीआईजी शेखर खनाललाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ भने कार्य विभागमा कार्यरत डीआईजी अरुण पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ।

यससँगै अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखाको नेतृत्व डीआईजी अरुण पौडेलले सम्हाल्ने भएका छन्।

हेर्नुहोस् सरुवा सूची–

सिफारिस

ताजा समाचार

लोकप्रिय