बुधबार, आषाढ २४, २०८३
विष्णु पौडेललाई फेरि पाँच दिन हिरासतमा राख्न म्याद थप

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार म्याद थप गर्ने आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धान आवश्यक रहेको भन्दै पौडेललाई बिहीबार विशेष अदालतमा उपस्थित गराएर म्याद थपको माग गरेको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय